बुटवलमा महिलामाथि गोली प्रहार

बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो। क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन् ।
बिष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । केही दिनअघि विष्टको एक जना भारतीय युवकसँग विवाद भएकाले पाइएकाले उनले नै गोली हानेको हुनसक्ने स्थानीय आशंका गरेको रानाले जानकारी दिएका छन् । घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।