नारायणी नदीमा डुबेका दिदी–भाइको शव ५० फिट गहिराइमा भेटियो


०२:१२ बजे

काठमाडौं । नारायणी नदीमा डुबेर बेपत्ता दिदी–भाइको शव ५० फिट गहिराइमा भेटिएको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका उनीहरूको बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको हो। सोही ठाउँ बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा नुहाउने क्रममा मंगलबार साँझ उक्त नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बुढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट बिहान ११ः३० बजे निकालेको हो। यस्तै, दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो करिब १२ः३० बजे निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७