उपत्यकामा वर्षा, प्रदूषण हट्ने आशा


०३:३३ बजे
फाइल फोटो

काठमाडौं । यतिबेला उपत्यकाको विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाले उपत्यकालगाायतका विभिन्न स्थानमा वर्षा भइरहेको र बाँकी स्थानमा पनि साँझसम्म वर्षा हुने जानकारी दिए । 

मध्याह्न ३ बजेसम्ममा उपत्यकाको सबै स्थानमा वर्षा हुन सकिरहेको  छैन । भक्तपुर र ललितपुरको पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । उनले भने, ‘बिहीबार बिहान र दिउँसो पनि वर्षा हुन्छ । यसपालिको वर्षाले वायु प्रदूषण घटने र किसानलाई राहत पुग्छ ।’ नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा मुलुकको लुम्बिनी प्रदेशसम्मका अधिकांश भूभागमा वर्षा हुने मौसमविद् झाको भनाइ छ ।

उनका अनुसार  मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी भूभाग मात्रै वर्षाको सम्भावना छ । धेरै समयपछिको वर्षाले सुक्खाको अवस्था हट्ने उनले बताए । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले हावाको गति बढ्दा र आकाशबाट पानी पर्दा वायु प्रदूषण पनि कम हुने बताए । ‘काठमाडौँ कचौरा आकारमा पनि छ । पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ’, उनले  भने । एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्कअनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सय ७७ एक्युआई रहेको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७