साँगामा पहिरो, अरनिको राजमार्ग बन्द


२०८१ चैत २८ बिहीबार ०९:२९ बजे
फाइल फोटो

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो।  

प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ। पहिरोका कारण आवतजावत अवरुद्ध छ । यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ। पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ। यस कारण साँगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ। विहान ७ बजेदेखि गाडी प्रहरीले उता पठाएको छैन। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७