काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना


२०८१ चैत २८ बिहीबार १०:५४ बजे

काभ्रे । काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको यात्रुबाहक बस बीपी राजमार्गमा दुर्घटना भएको छ। काभ्रे रोशी गाउँपालिका–९ दाउने मोडमा आज बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए ।

उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन् । उनीमध्ये ४ जनालाई ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको गिरीले बताए । यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे–१ ख ३३९४ नम्बर को हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको थियो । प्रहरीका अनुसार बसमा सवार १५ जना सवार रहेका थिए । बस चालक मंगलटार प्रहरीको नियन्त्रणमा रहेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७