मध्यराति गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार


२०८२ बैशाख ६ शुक्रबार १४:२७ बजे

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ। अध्यक्ष चौधरीलाई लक्ष्य गरी बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

डीएसपी अधिकारीका अनुसार अध्यक्ष चौधरीलाई लक्षित गरी कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित आफ्नै घरको परिसरमा गोली प्रहार भएको हो । शुद्धोधनको अध्यक्ष भए पनि अध्यक्ष चौधरी मायादेवीस्थित घरमा बस्दै आएका थिए। डीएसपी अधिकारीका अनुसार शौचालय गएर फर्किने क्रममा गोली प्रहार भएको हो । घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ।

अध्यक्ष चौधरीलाई सकुशल छन् । उनलाई गोली नलागेको डीएसपी अधिकारीले बताए । ‘अध्यक्ष ज्यूले बताए अनुसार शौचालय गएर फर्किदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको रैछ, उहाँ भने सकुशल हुनुहुन्छ’, उनले भने, ‘घटनास्थलबाट गोलीको खोका पनि बरामद भएको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७