एडभाइजरी जारी गर्दै चीनले भन्यो–अमेरिका जानुअघि राम्ररी सोच्नू


२०८१ चैत २८ बिहीबार १०:५८ बजे

 बेइजिङ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गरेको हो । 

मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नु अघि सावधानीपूर्वक यात्रा गर्नु,  जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न र सोचविचार गरेर यात्रा गर्न भनिएको छ । यसमा चीन–अमेरिकाबिच आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको तिक्तता र अमेरिकाको घरेलु सुरक्षा अवस्थालाई उद्धृत गरिएको छ । यसैबीच, चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ । 

यसमा, विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि सुरक्षा जोखिमको मूल्याङ्कन गर्न भनिएको छ । पछिल्लो समय चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किएको छ । जस्तालाई त्यस्तै व्यवहार गर्दै शृङ्खलाबद्ध रूपमा एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने नीतिका कारण दुवै देश व्यापार युद्धमा होमिएका छन् । 

अमेरिकाले चिनियाँ सामानमा भन्सार महसुल बढाएपछि चीनले अमेरिकी सामानमा भन्सार महसुल बढाएर ८४ प्रतिशतमा पुर्‍याउने निर्णय गरेको थियो । यसको प्रतिकारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमाथिको अतिरिक्त भन्सार महसुल बढाएर १२५ प्रतिशतमा पुर्‍याएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७