ज्ञानेन्द्रलाई जति सफा गरेर धोए पनि राजा बनाउन सकिँदैन : महामन्त्री थापा


२०८१ चैत २८ बिहीबार १२:५९ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति सफा गरेर धोएपनि संवैधानिक राजा बनाउन नसकिने बताएका छन् । कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरे ।

राजा कसैले जति सफा गरेर धोयो भने पनि संवैधानिक बनाउन नसक्ने महामन्त्री थापाले बताए । महामन्त्री थापाले भने, ‘कांग्रेसले लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो । निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर, हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ । सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर, किताब लेख्दैथे अस्तिसम्म खोजेर ल्याएर, निर्मल निवासमा बस्दा त यस्तो छ अहिले नारायणहिटीमा भए के गर्थे होलान् ।’

पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने महामन्त्री थापाको भनाई छ । उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७