मोरङका व्यक्ति शंखमूलमा मृत भेटिए

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक व्यक्ति मृत भेटिएका छन्। मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन्। उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।