योगी आदित्यनाथबारे गलत सूचनाको आधारमा बोलेछु : सभापति देउवा


२०८१ चैत ३० शनिबार ०२:५३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उत्तर प्रदेशका मुख्यमन्त्रीबारे आफूले केही दिनअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले यसअघि आफूले बोलेको भनाइ गलत सूचनाको आधारमा भएको प्रष्टीकरण दिएका हुन् ।

केही दिनअघि सार्वजनिक कार्यक्रममा देउवाले योगी आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा आएर ‘नेपालमा राजतन्त्रको पक्षमा छैन’ भन्ने अभिव्यक्ति दिएको दाबी गरेका थियो । तर, पछिल्लो कार्यक्रममा देउवाले मुख्यमन्त्री आदित्यनाथ नेपाली दूतावास नगएका स्पष्ट पारे ।

सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गरे । सभापति देउवाले वर्तमान सरकारको काम कारबाहीप्रति पनि चिन्ता व्यक्त गरे । उनले सरकारले जनताको पैसाको सदुपयोग गर्नुपर्ने र अनावश्यक खर्च रोक्नुपर्ने कुरामा जोड दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७