वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी


२०८१ चैत ३० शनिबार ०२:५९ बजे

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहना अनुरूप स्थापना भएको बताउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताएका छन् । 

तनहुँको व्यास नगरपालिकाको दमौलीमा आयोजित ३३औं स्थापना दिवस कार्यक्रममा उनले लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए । मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए ।

उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव छ भने । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत वक्ताले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७