हङकङसँगको खेल रद्द, नेपाल फाइनलमा


२०८१ चैत ३० शनिबार ०३:०८ बजे

काठमाडौं । हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल र कुवेत भिड्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा आज नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । तीन खेलमा दुई जीत र एक खेल नतिजाविहीन भएपछि नेपालको पाँच अंक भयो । एक खेल मात्र जितेको हङकङको तीन अंक छ । यसअघि कुवेतले कतारलाई हराएर चार अंक जोड्दै नेटरनरेटका आधारमा फाइनल पुगेको हो ।

हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल शुरु हुन ढिलाइ हुनुका साथै फेरि पानी पर्न थालेपछि खेल रद्द भयो ।

नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो । टी–२० शृङ्खलाको फाइनल खेल भोलि हुनेछ । दोस्रो र तेस्रो स्थानको लागि पनि भोलि नै खेल हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७