राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्काशित


२०८२ बैशाख २ सोमबार ००:५६ बजे

काठमाडौं । राजसंस्थाका पक्षमा नारा लगाउने क्रममा काठमाडौं माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै निष्काशन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।

नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको गृह स्रोतले जनाएको छ । ‘विदेशी नागरिक भएर उहाँ राजनीतिक गतिविधिमा संलग्न भएको भेटियो ।  कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन,’ स्रोतले भन्यो ।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए । लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो । प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो । पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरेको स्रोतको भनाइ छ । किर्पाललाई भोलि (मंगलबार) अमेरिका फर्काइनेछ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७