सुनसरीमा नयाँ बर्षकै दिन चल्यो गोली, दुई जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा नयाँ बर्षको पहिलो दिन नै गोली चलेको छ । आज (सोमबार) बेलुकी पौनै ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेपछि त्यही ठाउँका दुई जना घाइते भएको प्रहरी जवान प्रहरी जवान सौरव पुनले जानकारी दिए ।
घटनास्थलमा तीन राउण्ड गोली चलेको छ । गोली लागि घाइते हुनेहरुमा २१ वर्षका शिवकुमार मेहता र २७ वर्षका रविनकुमार यादव रहेका छन् । मेहताको पेट र यादवको नाकमा गोली लागेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसेकेको र घटनास्थमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।