हङकङ ११५ रनमा अलआउट, नेपाललाई सामान्य लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपाललाई हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको हो । हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए ।
विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारे । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । अपराजित रहेको नेपालले यसअघि युएई र ओमानलाई पराजित गरेको थियो। अन्तिम खेलमा आगामी शनिबार अफगानिस्तानसँग खेल्नेछ ।