रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा) ले केन्द्रीय समितिको बैठक डाकेको छ । कार्यवाहक सभापति डीपी अर्यालले पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाएका हुन्। बैठक बिहीबार दिउँसो २ बजे बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने झाले जनाएका छन् । त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने झाले जानकारी दिए।