नेपालको लगातार तेस्रो जित, हङकङ पराजित


२०८२ बैशाख ४ बुधबार १९:३९ बजे

काठमाडौं । आइसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पार्दे विश्वकप नजिक पुगेको छ । आज (बुधबार) तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ विकेटको जित निकाल्दै नेपालले लगातार तेस्रो जित निकाल्न सफल भएको हो । यसअघि नेपालले युएई र ओमानलाई हराएको थियो । 

अब शनिबार अफगानिस्तानलाई पराजित गर्न सके नेपाल यू–१९ विश्वकप २०२६ को विश्वकपमा छनोट हुनेछ । बुधबार हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १२.३ ओभरमै पूरा गर्‍यो । नेपालको जितमा ओपनर साहिल पटेलले नटआउट ४२ रन बनाए । उनले ४१ बलमा ८ चौका हिर्काए। अर्का ओपनर निरजकुमार यादवले १२ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए ।

कप्तान नरेन भट्टले २३ बलमा ८ चौका प्रहार गर्दै नटआउट ३९ रन बनाए । त्यसअघि  टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमा अलआउट भएको हो । हङकङका लागि कप्तान शिव माथुरले ६३ रन बनाए । उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आर्या पन्जावनीले १३ रन र वीर माथुरले १२ रन बनाउन सके । बलिङमा नेपालका लेगस्पिनर युवराज खत्रीले चार विकेट लिए । उनले १० ओभरमा १८ रन खर्चिए भने ४४ बल त डट फ्याँके । विपिनप्रसाद शर्माले ३ विकेट लिए । उनले ६.२ ओभरमा २४ रन खर्चिए । सन्तोष यादवको नाममा २ विकेट रह्यो । 

यसअघि नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागी छन् । यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

प्रतियोगितामा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। अब शनिबार अफगानिस्तानलाई हराउन सके नेपालले नवौं पटक युवा विश्वकप खेल्नेछ ।   नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो ।त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग वैशाख ६ मा तल्लो मुलपानी मैदानमा हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७