राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाइएको हो ।
शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।