तीनकुने घटना : प्रसाई र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप


२०८२ बैशाख १० बुधबार ०३:२२ बजे

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुने घटनाका आरोपी २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो । उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन् । ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७