बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो ?


२०८२ बैशाख ११ बिहीबार १४:५२ बजे

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ। बुधबार एकै दिन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७