अज्ञात समूहद्वारा घरमै सुतिरहेका वृद्धको हत्या


२०८२ बैशाख १४ आइतबार २२:०६ बजे
तालिम प्राप्त कुकुरले अनुसन्धान गरिँदै ... । संखुवासभाको खादबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद हत्यापछि संघीय प्रहरी एकाइ धरानबाट तालिम प्राप्त कुकुरले अनुसन्धान गर्दै । गए राति घरमा सुतिरहेको अवस्थामा आइतबार बिहान साढे १२

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा अज्ञात समूहको आक्रमणबाट घरमा सुतिरहेका एक वृद्धको मृत्यु भएको छ । आक्रमणबाट गम्भीर घाइते ७२ वर्षीय मीनबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटना अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको छ ।

अपरिचित समूहको आक्रमणबाट गम्भीर घाइते वृद्ध कुमालको मनकामना सामुदायिक अस्पतालमा पुर्‍याउनु अघि नै मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका कुमालको गए राति साढे १२ बजेतिर अपरिचित दुई जनाको समूहले घाँटीमा थिचेर गम्भीर घाइते बनाएका थिए । कुमाललाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । बरण्डा कोठामा सुतिरहेका कुमालाई आक्रमण गरेको आवाज थाहा पाएपछि घरभित्र सुतिरहेकी श्रीमती सुनामाया कुमाल बाहिर निस्किएकी थिइन् । बाहिर निस्कँदा श्रीमानलाई दुई जनाले आक्रमण गरेको देखेपछि उनले छिमेकीलाई खबर गरेपछि छिमेकी घटनास्थल पुगेका थिए ।

घटनास्थलमा मृतक कुमाल घाइते अवस्थामा देखेपछि उनीहरूले घाइतेलाई अस्पताल लगेको प्रहरी निरीक्षक लामिछानेले जानकारी गराए ।  घटना लगत्तै फरार भएका व्यक्तिहरूको खोजी भइरहेको जनाएको उनले बताए । वृद्धको हत्या के कारण भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतसहितको टोली खटिएको थियो । फरार अभियुक्तहरूको खोजीका लागि सबै नाका शिल गरिएको प्रहरीले जनाएको छ । मृतक कुमालको घरमा श्रीमतीसहित बस्दै थिए । मृतकका दुई छोरा विदेशमा छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७