संसदको संयुक्त बैठक : नेकपा एकीकृत समाजवादीको लहरमा वामदेव गौतम


२०८२ बैशाख १९ शुक्रबार १५:३१ बजे

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पेश गरिने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रिय सभाका मनोनित सांसद वामदेव गौतम नेकपा एकीकृत समाजवादीका सांसदहरुको लहरमा देखिएका छन्। राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन हुने बैठकको शुरुमै गौतम एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका हुन् ।

नेकपा एमाले विभाजनपछि कतै नलागेका गौतम दुवै पार्टीसँग वार्तामा छन्। उनले एमालेमा समाहित हुन वार्ता गरे पनि कुरा नमिलेपछि नेकपा एससँग पनि संवादमै छन् । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएका सांसदमध्ये अन्जान शाक्य एमालेकै सांसदहरु बसेको लहरमा बसेकी छन् । अर्का मनोनित सांसद नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७