यस्ता छन् मन्त्रिपरिषद वैठकका २९ निर्णयहरु (सूचीसहित)

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका छन्। शिक्षक महासंघसँग सहमति गरेसँगै १७ गते बसेको मन्त्रिपरिषद्ले उनीहरुका मागलाई सम्बोधन गर्न विभिन्न निर्णयहरु गरेको छ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका हुन्् । यसअनुसार शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंमा रहेको निजामती अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी विदा सञ्चित हुने र त्यसबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्नेलगायत ९ बुँदै निर्णय गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु