‘निर्माण व्यवसायी पैसै पाएको छैन भन्ने अनि सरकार दिइसके भन्ने, कहाँ गयो पैसा ?’


२२:२८ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डिकबहादुर लिम्बूले निर्माण व्यवसायीहरूले पैसा नपाएको भनेर गुनासो गर्ने गरेको भन्दै त्यसको समाधान नीति तथा कार्यक्रममै आउनुपर्ने बताएका छन् । आज (मंगलबार) को संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘व्यवसायीहरूसँग कुरा गर्दा पैसा नै पाएको छैन भन्ने कुरा भो । अनि सरकारलाई सोध्यो पैसा १५-२० प्रतिशत मात्रै बाँकी छ, सबै लगिसक्यो भन्छ । कहाँ गयो पैसा ? व्यवसायी साथीहरूले पैसा नै नपाएको गुनासो गर्ने अनि सरकारले दिइसकेको भन्ने कुरा गर्ने, कहाँ के भयो ? कहाँ मिलिरहेको छैन त ? यस्ता विषयहरूलाई पनि कडाइका साथ नियमन गर्ने नीति तथा कार्यक्रम आउनु पर्छ,’ उनले भने ।

उनले संसदभित्र सांसद या मन्त्री र बाहिरी निर्माण व्यवसायीका रूपमा धेरै नेताहरू रहेको उल्लेख गर्दै उनीहरूले नै गडबढ गरेको आशंका व्यक्त गरेका छन् ।  ‘योजनाहरू अलपत्र छन् । योजना खारेज गर्ने भनिएको छ, धुले बाटो छ, हिले बाटो छ, खाँडल–खाँडल छ । यसको व्यवस्थापन गर्नको निमित्त ठेक्का पनि लागेको छ । तर, ठेकदारले, निर्माण व्यवसायी साथीहरूले राम्रो काम नगरेको कुरामा सरकारले गम्भीरतापूर्वक सोच्नु पर्दछ र नीति पनि बनाउनु पर्दछ । यसको अनुगमन गर्ने प्रक्रिया पनि कडाइका साथ लागू गरिनु पर्दछ । माननीय सांसद साथीहरू, माननीय मन्त्री ज्यूहरू व्यावसायिक रूपमा हुनुहुन्छ बाहिर । यहाँ भित्र बिल्ला लगाएर बस्नु भएकै छ । कहिलेसम्म हामीले यो अवस्था राख्ने हो त ?,’ उनले सोधे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७