पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्वार गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको तत्काल उद्वार गर्न माग गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै तत्काल उद्वार गर्न माग गरेका हुन् । ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ । तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनले भने ।