भारत–पाकिस्तान युद्धमा नेपालले आफ्नो भूमिका बढाउनु पर्छ : महामन्त्री शर्मा


०५:०५ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत पाकिस्तानको युद्धमा नेपालले आफ्नो भूमिका बढाउनु पर्ने बताएका छन् । 

आज (शुक्रबार) महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक ध्यानाकर्षण गर्दै सार्कको अध्यक्ष नेपाल रहेकाले भूमिका बढाउनु पर्ने बताएका हुन् । ‘आतंकवाद नियन्त्रण तर युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रूपमा नेपाल देशको क्रियाशिलता समग्र विश्व राजनीतिले महसुस गर्न सक्ने उचाइको हुनुपर्छ । नेपाल देश र नेपाल सरकारलाई युद्धको दर्शक बन्ने छुट छैन, यो परीक्षामा हाम्रो नेतृत्वले देशलाई उत्तीर्ण गराउन सक्नुपर्छ,’ उनले भनेका छन् ।  

यस्तै, बाह्य लडाइँमा नेपालले व्यहोरेको क्षति स्मरण गराउँदै उनले गम्भीर राष्ट्रिय विमर्श र गम्भीर राष्ट्रिय एकता माग भएको बताए । जोखिम क्षेत्रबाट फर्किन नेपालीहरूलाई सहजीकरण गराउन समेत उनले ध्यानाकर्षण गराएका छन् ।  
‘भारत र पाकिस्तानमा हजारौं नेपाली अध्ययन, श्रम र व्यवसायमा छन् िहाम्रो पहिलो ध्यान तिनको रक्षामा पुग्नुपर्छ,’ उनले भनेका छन्, ’जोखिम क्षेत्रका लागि सूचना र सम्पर्क नेटवर्क स्थापित गर्दै काठमाडौं, दिल्ली र इस्लामावादमा सरकारले रेस्क्यू डेस्क निर्माण गरोस् िजोखिम क्षेत्रबाट घर फर्कन चाहनेलाई आवश्यक सहजीकरण, राष्ट्रको प्राथमिक कर्तव्य हो ।’

भारत पाकिस्तान युद्धमा नेपालको साझा राष्ट्रिय अभिमत हुनुपर्ने हुँदा त्यसका लागि प्रधानमन्त्रीलाई सर्वदलीय छलफल बोलाउन आग्रह गरेका छन् । त्यस्तै, भारत–पाकिस्तान युद्ध लम्बिए नेपाल आयात, बजार मूल्य, अन्तर्राष्ट्रिय उड्डयन, बाह्य व्यापार, पर्यटक आगमन र समग्र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने हुँदा यस्तो अवस्था सामना गर्न सम्पूर्ण तयारीको क्षमता संघीय, प्रदेश र स्थानीय सरकारहरूले राख्नुपर्ने उनले बताएका छन् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७