स्वर्णिम वाग्लेको दाबी : गभर्नरमा अर्बौको चलखेल छ


२०८२ बैशाख २७ शनिबार २१:५९ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्बौको चलखेल भइरहेको दाबी गरेका छन् । आज (शनिबार) पूर्वी नवलपरासीमा सञ्चारकर्मी कुरा गर्दै उपसभापति वाग्लेले यस्तो दावी गरेका हुन् । 

‘नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाकर भट्ट भइसक्थे,’ वाग्लेले भने, ‘उनी अत्यन्त क्षमतावान र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गभर्नर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो ।’ गभर्नर नियुक्ति दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको हातमा नरहेको देखिएको पनि वाग्लेले बताएका छन् । उनले भने, ‘दुई ठुला दलले गभर्नर नियुक्ति गर्ने भए त भइसक्थ्यो । यहाँ त ती दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप छ ।’

बिचौलियाको इशारामा अक्षम गभर्नर ल्याएर वित्तीय अनुशासन ध्वस्त पार्न कांग्रेस र एमाले उद्दत देखिएको उनको आरोप छ । ‘आज मैले र शेरबहादुर देउवाले पाउने तलब मासिक ६६ हजार नै हो । आज देउवा र ओली कुनै जिल्ला जानुपर्‍यो भने गाडीका लावालस्कर, कार्यकर्तालाई गराइने खानपिन र रवाफमा कम्तीमा एक दिनमा ७–८ लाख खर्च हुन्छ । त्यो पैसा कहाँबाट जुटाउँछन् ? भ्रष्टीकरणका लागि त पैसा उठाउनु पर्‍यो,’ वाग्लेले भने, ‘देउवा र ओलीले कहिल्यै किन सत्ता छाड्दैनन् भने भ्रष्टीकरण गरेर कमाएको अकूत सम्पत्तिको छानबिन हुनै नसकोस् भनेर हो ।’ मुख्य नेताकै सेटिङमा अख्तियार, प्रहरी र कर्मचारी र अलिअलि अदालत पनि ध्वस्त बनेको उनले तर्क गरे । दुई ठूला दल मिलेर सरकार सञ्चालन गर्ने घटना संसारमै बिरलै देखिने गरेको उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७