उपेन्द्रको आरोप : देश प्रधानमन्त्रीले होइन, बिचौलियाहरुले चलाइरहेका छन्


२०८२ बैशाख २७ शनिबार ०२:०८ बजे

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्रविरोधी शक्तिहरुले संघीय गणतन्त्र समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्र समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्रविरोधीहरुले षड्यन्त्र गरिरहेको बताए । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुने बताए ।

विगतको २५० वर्षको निरंशुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताएका छन् । ‘पहिलाको तुलनामा अहिले महिलाहरुले हरेक निकाय, क्षेत्रमा आफ्नो हकअधिकार पाइरहेका छन्, ती सबै मधेश आन्दोलनबाट प्राप्त संघीयताको उपलब्धि हो’, अध्यक्ष यादवले भने ।

उनले अहिले महिलाको ३३ प्रतिशत सहभागिता भए पनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनको भनाइ थियो ।

उनले मुलुक मन्त्री र प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेको आरोप लगाएका छन् । कमिसनखोर, दलाल र बिचौलियाहरुले सबै नियुक्ति र बजेट निर्माणमा कब्जा गरेको उनले आरोप लगाए । सरकारले २६ खर्ब बढी वैदेशिक ऋण लिए पनि त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने कसैले बुझ्न नसकेको अध्यक्ष यादवले बताएका छन् । विश्व बैंकले खर्बौखर्ब रुपैयाँ अनुदान दिए पनि देश विकास हुन नसक्नुमा भ्रष्टाचार मुख्य कारण भएको उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७