इलामको बिकास : काठमाडौंमा छलफल


२०८२ बैशाख २८ आइतबार १२:२४ बजे

काठमाडौं । इलाम जिल्लाका विभिन्न तह र तप्कामा काठमाडौंमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुसँग प्रतिनिधिसभाका सांसद सुहाङ नेम्बाङले भेटघाट तथा इलामको विकासका विभिन्न विषयमा छलफल गरेका छन् । 

नेम्बाङको सचिवालयद्वारा काठमाडौमा आयोजित भेटघाट कार्यक्रममा इलामको कृषि, पर्यटन पुर्वाधार लगायत तुलनात्मक लाभका क्षेत्रहरूमा विशेष जोड दिनुपर्ने सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा नेम्बाङले इलाममा आफूहरूले पुर्वाधारको पनि पुर्वाधार मानिने सडक, शिक्षा, पुलहरूलाई प्राथमिकतामा राखेको बताए । कार्यक्रममा इलामको बिकासको बारेमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने नेम्बाङका स्वकीय सचिव दर्शन राईले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७