जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी दोहन : सांसद केसी


२०८२ बैशाख २८ आइतबार ०५:५५ बजे

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको तर सरकार रमिते बनेको आरोप लगाए । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै केसीले दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने चेतावनी दिए।

यसबारे अघिल्लो पटक पनि आफूले कुरा उठाएको बताउँदै उनले भने, ‘कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भइराखेको छ कि, जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेकोझिक्यै, त्यहाँ केही लाग्दै लागेन, सरकार रमिते भएर हेरिराख्या छ । यदि त्यो बालुवा गिट्टी उत्खनन रोक्ने होइन भने त्यो कालीगण्डकी कोरिडोरको बाटो समेत भासिने स्थिति छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७