नेकपा एसको युवा संघमा फेरि ‘बबण्डर’ 

माधव नेपालले मनोमानी गरेको भन्दै झलनाथका छोरासहितको विरोध


२०८२ बैशाख २८ आइतबार १४:५५ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालमा फेरि ‘बबण्डर’ मच्चिएको छ । संघका इञ्चार्ज लक्ष्मण केसीले जारी गरेको बक्तव्य अनुसार रोशन थापा आयोजक समितिका संयोजक तोकिएपछि विवाद भएको हो ।

समितिमा कुनै छलफल एवं रायसल्लाह बिना गरिएको निर्णय मान्य नहुने उनीहरुले जनाएका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले युवा संघको मामिलामा मनोमानी गरेको भन्दै सम्मानित नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नेताले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् ।

नेकपा एसले पार्टीको केन्द्रीय सदस्य रहेका जनसंगठनका अध्यक्ष जिम्मेवारीमुक्त हुने मापदण्ड बनाउँदै गत माघमा अखिलकी अध्यक्ष आरती लामा र युवा संघ अध्यक्ष कृष्ण विकलाई हटाइएको थियो । लामा र विक दुबै झलनाथ पक्षका हुन् ।

संघका उपमहासचिवद्धय संजीप राई, निर्भिक खनाल र सचिवद्धय भेषराज शाह र अनिल बोगटीले आज संयुक्त बिज्ञप्ती जारी गर्दै निर्णय सच्याउन माग गरेका छन् । ‘निर्णय नसच्चाए युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै युवा आन्दोलनलाई गलत दिशाबाट जान रोक्न हाम्रो जिम्मेवारी र जवाफदेहिताको बोधगरी यो गलत अभ्यास र निर्णयका सम्बन्धमा हामी कडा कदम चल्न वाध्य हुने कुरा जानकारी गराउँदछौ’ उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

इञ्चार्ज केसीले तोकेको आयोजक समितिमा सहसंयोजक धर्म शाही र संजीव राई छन् । आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

‘हाम्रो मातृ पार्टी नेकपा ( एकीकृत समाजवादी ) ले मिति २०८१÷ १०÷ १४ गते जारी गरेको अन्तर पार्टी निर्देशन–४ को बुदा न. ६ बमोजिम युवा संघ नेपालको तत्कालीन नेतृत्व र पदाधिकारीहरु पार्टी केन्द्रिय सदस्य भइसकेकाले युवा संघबाट बिदा गर्ने र इञ्चार्जलाई संगठनको सम्मेलनलगायतको कामको योजना बनाइ अगाडि बढाउने निर्देशन गरेको छ।

र हिजो इञ्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरु एवं कार्यालय कमिटिका सदस्यहरु संग कुनै छलफल र  बैठक नै नगरी संयोजक, सहसंयोजकहरु  र पार्टी केन्द्रिय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नु भएको प्रति हाम्रो घोर आपत्ति रहेको छ,’ जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७