‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक’


२०८२ बैशाख २९ सोमबार २०:५३ बजे

काठमाडौं । नेपाल समजवादी पार्टी  (नयाँ शक्ति) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुद्धले दिएको सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपाल जस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरेका छन् । 

गौतम बुद्धको जयन्तीको अवसरमा आज शुभकाना दिँदै अध्यक्ष भट्टराईले भनेका छन्, ‘ बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धप्रति श्रद्धासहित नमन गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, सहिष्णुता र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

अहिलेको चुनौतीपूर्ण समयमा सामाजिक सद्भाव, सहिष्णुता, वैज्ञानिक सोच र विवेकशील नेतृत्वको आवश्यकता दिनानु दिन बढिरहेको सन्दर्भमा उल्लेख गर्दै बुद्धका शिक्षाहरू हाम्रा मार्गदर्शक बन्न सकून् भन्ने कामना समेत गरेका छन् । बुद्ध जयन्तीले  सबैमा मानवता, समानता र न्यायप्रतिको प्रतिबद्धता थप सुदृढ हुने उनको विश्वास छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७