बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु


२०८२ बैशाख २९ सोमबार ०१:३३ बजे

काठमाडौं । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ  राज्यमा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राज्यको राजधानी रायपुर नजिकै शनिबार राति ११ बजे दुर्घटना भएको हो । आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कंदै गर्दा उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

राज्यका पूर्व मुख्यमन्त्री भूपेश बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको संख्यामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७