नवलपरासीको गिरवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । मध्यविन्दु नगरपालिकाको चोरमारास्थित गिरवारी खोलाको पुल भाँचिएको छ। पुल भाँचिएपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। सडकमा सयौं सवारी लाम लागेका छन्।
अत्यधिक भारसहितको ट्रक पुल पार गर्न लाग्दा भाँचिएपछि सुरक्षाकर्मीले आउजाउ बन्द गराएको छ। रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन्। पुल भाँचिएपछि ट्रक पुलमै छाडेर चालक भागेका छन्।