भीआइपी कक्षमा ओली–वैद्यको जम्काभेट, के भयो कुराकानी ?


२०८२ बैशाख २९ सोमबार ०२:०२ बजे

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य मातृशोकमा छन्। उनले गत वैशाख २६ गते मात्रै आमा गुमाएका छन् । 

यसबीचमा उनी घर (दाङ) बसे।  सोमबार (आज) मात्रै भैरहवा विमानस्थलबाट काठमाडौं फर्किने क्रममा थिए। दमका रोगी वैद्य भैरहवा विमानस्थलको भीआईपी कक्षमा फ्लाइट कुरेर आराम गरिरहेका थिए। यता प्रधानमन्त्री केपी शर्मा ओली बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्न ठ्याक्कै त्यही समय भैरहवा अवतरण भए । उनले सुने कि वैद्य यतै छन्।

यसपछि उनले वैद्यलाई खोजे । सिधै भीआईपी कक्षमा पुगेर वैद्यसँग हात मिलाए र कुराकानी गर्न थाले। उनले सुरुमै ‘तपाईंको स्वास्थ्य कस्तो छ ?’ भन्दै वैद्यलाई सोधे । वैद्य दमका रोगी हुन् भन्ने कुरा अवगत नै भएका ओलीले फेरि ‘दमले सताएको होला’ भनेर भने। साथमा आमाप्रति श्रद्धाञ्जलीसहित ‘आफ्नो ख्याल गर्नुहोला’ भने। जवाफमा वैद्यले ठीकै भएको बताए। उनले पनि ओलीलाई ‘तपाईंलाई कस्तो छ त ?’ भनेर सोधे। ओलीले ‘म त अझै जवान छु’ भनेर ठट्यौली जवाफ दिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७