मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु
2024-09-29-12-17-56.jpg)
मकवानपर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मत सम्भार गरी आज साँझदेखि विद्युत उत्पादन सुरु गरिएको छ । विद्युत् गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या मर्मत गर्न केहीदिन अघिदेखि विद्युत गृह बन्द गरिएको थियो ।
कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट सात मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रसन्न मुनि ताम्राकारले बताए । उक्त विद्युत् केन्द्रमा रहेको दुई वटा टर्वाइन लगातार सञ्चालन भइरहँदा एउटा टर्वाइनमा ठोकिएर ठूलो आवाज आइरहेकाले तत्काल बन्द गरेर चिनियाँ कम्पनीका प्राविधिकमार्फत मर्मत सुरु गरिएको ताम्राकारले जानकारी दिए ।
टर्वाइन मेसिन सञ्चालन आएको केही घण्टा पछिदेखि साविकमा उत्पादित १४ मेगावाट विद्युतको केन्द्रीय ग्रिडमा जोडिने आयोजना कार्यालयले जनाएको छ । कुलेखानी पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।