बाढीपहिरोमा परी १५ जनाको मृत्यु

१ हजार २८४ जनाको उद्धार


२०८३ असोज ११ आइतबार १८:०८ बजे

काठमाडौं : अविरल वर्षाका कारण असोज ८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी बागमती प्रदेशमा ३, लुम्बिनीमा ४, गण्डकीमा ५, कर्णालीमा २ र मधेस प्रदेशमा १ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै विपद्मा परी ४ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी विभिन्न स्थानबाट हालसम्म १ हजार २८४ जनाको उद्धार गरिएको छ। प्रहरीले बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित राख्ने काम गरिरहेको जनाएको छ।

जोखिम न्यूनीकरण तथा उद्धारका लागि प्रहरीसहित विभिन्न निकाय र स्थानीयवासीबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७