खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा एक महिलाको हत्या भएको छ । स्थानीय अन्दाजी ३५ बर्षीय कविराज हेमरमले श्रीमती ३४ बर्षीया श्रीमती पुजा हेमरमको हत्या गरेका हुन् ।
शनिबार राति अन्दाजी ११ः२० बजे कविराजले घाँटीमा खुकुरी प्रहार गरी पुजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुजाको हत्या गरी फरार कविराजलाई सुरुङ्गाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
पुजाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।