टिपर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु


२०८२ बैशाख २८ आइतबार १३:३० बजे

काठमाडौं । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लोड गरी पाँचखालतर्फ आउने क्रममा बा ४ ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा टिपर करिब १०० मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

यसअघि गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा अनलोड गर्न टिपर ब्याक गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर डिलबाट सात मिटर तल खसेको थियो। यसक्रममा चालक ३१ वर्षीय विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७