राप्रपाको भ्रातृ संगठनका अध्यक्ष केसी पक्राउ


२०८२ जेठ २ शुक्रबार १६:४६ बजे

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनले सामाजिक सञ्जालमा भाम्रक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको छ । भ्रातृ संगठनका अध्यक्ष केसी पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आज (शुक्रबार) को वैठकमा बोल्दै अध्यक्ष लिङदेनले सरकारले फरक आस्था राखेकै आधारमा आफ्ना नेता–कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको बताएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७