पाकिस्तानले तैनाथ गर्‍यो ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल


२०८२ बैशाख २७ शनिबार १८:५८ बजे
मार्च २३, २०२४ मा पाकिस्तानको इस्लामाबादमा राष्ट्रिय दिवस मनाउन आयोजित सैन्य परेडमा पाकिस्तानमा निर्मित सतहबाट सतहमा प्रहार गर्न सकिने मिसाइल फताह–१ र लन्चर प्रदर्शन गरिएको थियो । तस्वीर : एपी

काठमाडौं । भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले ४०० किलोमिटर हान्न सक्ने आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ। 

पाकिस्तानको उन्नत फतेहका दुई संस्करण रहेको अलजजिराको रिपोर्टले जनाएको छ। जसलाई फतेह–१ र फतेह–२ भनिन्छ । सैन्य विज्ञहरूका अनुसार, फतेह–१ संस्करण छोटो दूरीको क्षेप्यास्त्र हो जुन १४० किलोमिटर (८७ माइल) टाढासम्म प्रहार गर्न सक्षम छ।

रिपोर्टहरूअनुसार, फतेह–२ संस्करणलाई ‘अझ उन्नत’ भनिएको छ र यसको दायरा ४०० किलोमिटर (२४८ माइल) सम्म छ । दुवै संस्करणलाई सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र भनिन्छ। अरबी भाषामा फतेह शब्दको अर्थ ‘लगभग विजेता’ वा ‘विजेता’ हो । यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सीमानामा ड्रोन आक्रमण गरेको बताएको छ ।

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुन्यान–अन–मार्सुस’ थालिएको बताएको छ। यसैबीच जी–७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७