रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

पोखरा । सूर्यदर्शन सहकारी ठगीको मुद्दामा उच्च अदालत पोखरामा दोस्रो दिन पनि सुनुवाइ सकिएन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलगायतविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
जिल्ला अदालत कास्कीले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्न पर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ अगाडि बढेको हो ।