बालेनको व्यङग्य : सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गरायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बत्ती झ्यापझ्याप जान थालेपछि सरकारप्रति व्यङ्ग्य गरेका छन् । उनले आज (शुक्रबार) राति सामाजिक सञ्जालमार्फत उनले हेप्ने सरकारलाई भन्दै व्यंग्य गरेका हुन् । उनले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘देश नै डुबाउदा पनि जनाताले नबुझेपछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ । हेप्ने सरकारलाई ?’ हिजोदेखि बत्ती जाने र आउने समस्या रहेको छ । जसकारण सर्वत्र सरकारको आलोचना भइरहेको छ ।