कांग्रेसको बहुमत नभएकाले मिलेर सरकार बनाउनुको विकल्प छैन : देउवा


२०८२ जेठ ३ शनिबार १८:२४ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनु पर्ने बाध्यता रहेको दोहोर्‍याएका छन्। 

अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमजोरी भए सुधार गर्दै अघि बढ्ने उनको भनाइ छ । उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन कठिन हुने भएकाले मिलेर सरकार बनाउनु पर्ने बताए । उनले मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको प्रष्ट पारे । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व सदनमा रहेको बताए । 

२०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका काम भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए । सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सवैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे । त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७