शेखरको शंका : गभर्नर नियुक्तिमा चलखेल त भएको छैन ?


२०८२ जेठ ३ शनिबार २१:१६ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा गडबड हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले रेमिटेन्सका नाममा एक महिनामा दुई अर्ब भित्रिएको भन्दै यस्तो शंका व्यक्त गरेका हुन् । 

‘गत महिना मात्रै करिब दुई खर्ब रेमिटेन्स भित्रिएको तथ्यांक देखिन्छ,’ नेता कोइरालाले भने, ‘र, वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिटेन्स सम्भव देखिन्न । कतै रेमिटेन्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको हो की ?’ यही कारण आफूलाई राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल हुनसक्ने शंका लागेको उनले बताए । उनले भने, ‘मलाई डर लाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन ?’ 

आफ्नो चिन्ता त्यहाँ रहको पनि कोइरालाले बताएका  छन् । ‘म भन्न सक्दिनँ, मलाई थाहा छैन त्यो राष्ट्र बैंकको कुरा। सभापतिजीसँग कुरा गर्दा राम्रै मान्छे हुन्छ । डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नु भएको छ । म त्यसमा आश्वस्त छु। मलाई ढुक्क छ ।’ तर शंकास्पद रेमिटेन्सको अवस्था देख्दा र सोच्दा कतै कहीँ गडबड त भइरहेको छैन भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । नेता कोइरालाले गभर्नर नियुक्तिमा संविधान मिचिएको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले भने, ‘संविधानलाई मिचियो, यही गभर्नरको केसमा । संविधानमा गभर्नर नियुक्तिको टर्म सकिनुभन्दा एक महिना अघि नै हुनुपर्छ भनेर लेखेको छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७