मागअनुसार बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनु पर्छ : सांसद तामाङ


२०८२ जेठ ३ शनिबार ०१:४२ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। शनिवार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आफूहरूले सात जिल्लाका सांसदहरूका लागि तीन-तीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिए।

यदि आफूहरूको मागबमोजिमको बजेट विनियोजन नभए संसद्मा प्रतिनिधित्व गर्ने सबै सांसदको सूची तयार गरेर छानबिनका लागि समिति बनाउन बाध्य हुने उनको भनाइ थियो । उनले बैठकमा देशका लागि कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराएको जानकारी दिए ।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले विकास निर्माणमा अब्जेक्सन ल्याउने काम नगर्न सांसदहरूले नेतृत्वलाई सुझाव दिएको बताए । उनले विगतमा बजेट निर्माण गर्दा पक्षपात हुने गरे पनि नेतृत्वबाट यसपटक त्यसो नहुने अपेक्षा गरिएको जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७