प्रदेशस्तरीय फोटो प्रतियोगितामा एपी तोलाङ पहिलो

काठमाडौं। इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ।
प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा परेका छन्। उत्कृष्ट पाँच फोटोग्राफररफोटोपत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार वितरण प्रमसुख अतिथि वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले गरे।
एपि तोलाङ अहिले टुरीजममेल डटकममा कार्यरत छ । नेपाल मात्र नभएर विदेशी सन्चार माध्यममा पनि काम गरिसकेको छन् ।