नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।
बैठकमा संसदमा छलफलको क्रममा रहेका विधेयक, आगामी वर्षको बजेट, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ। सरकारले यही जेठ १५ गते आगामी वर्षको बजेट ल्याउँदैछ।