श्रीमतीको हत्या गरेर फरार हरिराम पक्राउ


२०८२ जेठ ८ बिहीबार २०:५४ बजे

धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ परेका छन्। श्रीमान हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए। स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो। श्रीमान् रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन। धनुषा प्रहरीले घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७