प्रचण्ड–देउवा फोन वार्तापछि बुढानीलकण्ठ पुगे जनार्दन


२०८२ जेठ २ शुक्रबार ०४:०१ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ। देउवालाई भेट्न शर्मा शुक्रबार बुढानीलकण्ठ पुगेका हुन् ।

‘पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो’ शर्माले भने । नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ । सोही अभियानको उद्घाटनका लागि देउवाको गृह जिल्ला डडेलधुरा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवालाई फोन गरेका थिए । त्यस लगत्तै शर्मा देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७